
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । खाद्य पदार्थमा रंगको प्रयोग मापदण्ड अनुरूप मात्र गर्न पाउने भएको छ । काठमाडौं महानगरपालिका एक सूचना जारी गर्दै खाद्य पदार्थमा रंगको प्रयोग मापदण्ड अनुरूप मात्र गर्न/गराउन भनेको हो ।
परम्परागत एवं व्यवसायिक तवरबाट मिठाई उत्पादन र प्रशोधन तथा बिक्री वितरण गरी आउनुभएका सम्पूर्ण व्यवसायीहरूको ध्यानाकर्षणका लागि यो सूचना सम्प्रेषण गरिएको छ । यदाकदा जेरी/लड्डु लगायत मिठाई तथा अन्य खाद्य पदार्थमा राम्रो देखाउने प्रतिस्पर्धाबाट हालिएको रंगले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको समाचारले सबैको ध्यानाकर्षण भएको छ ।
यसरी रंगको मापदण्ड पूरा नगरी प्रयोग गरेको अवस्था नआओस् भनी काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०(३), (थ) र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ९ बमोजिम प्रशोधित खाद्य पदार्थ र मिठाई उत्पादक र बिक्रेताले प्रचलित कानुनले तोकेको मापदण्ड पालना गरेकै हुनु पर्दछ ।
आफ्नो मिठाई खाद्य व्यवसायलाई थप मर्यादित र स्वच्छ राख्नु सम्बन्धित व्यवसायीहरूको मूल कर्तव्य पनि हो । तसर्थ, सोही बमोजिम गर्न/गराउन आम उपभोक्ता, व्यवसायी एवं सरोकारवालाहरूमा यसै सूचनामार्फत आह्वान गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij