
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा करिब ९ हजार नेपाली बिना भिसा अमेरिका प्रवेश गरेको पाइएको छ ।
त्यहाँको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी डीएचएसको तथ्याङ्कबाट यो तथ्य खुलेको हो । राष्ट्रव्यापी यूएस बोर्डर पेट्रोलको रेकर्डअनुसार डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा चार वर्षमा कुल १८ सय ५० नेपाली अमेरिका गएका थिए ।
आर्थिक अवस्था, प्रवासनका नयाँ मार्गहरू वा तस्करी नेटवर्कहरूको प्रभावका कारण नेपालीहरु अमेरिका प्रवेश गर्नेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij