
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । ‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२४ भारतको राजधानी नयाँ दिल्लीमा सोमबार सम्पन्न भएको छ । लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौ कलाकारहरुको उपस्थिति रहेको थियो ।
ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ मा विभिन्न बिधाहरुमा बिजेता कलाकारहरुलाई अवार्ड प्रदान गरिएको छ । उक्त कार्यक्रममा लोक दोहोरी गायिका एबम मोडल रिया रेग्मी अवार्ड बिजेता बनेकी छन । रियाले रहरै भो गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलमा अवार्ड हात पारेकी हुन । कलाकारिताको छेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्ड लगाएत धेरै सफलताहरु हात पार्न सफल भएकी छन ।
रियालाई बरिस्ठ गायिका शर्मिला गुरुङ,बरिस्ठ गायक इन्द्र जिसिको हातबाट बेस्ट म्युजिक भिडियो मोडलको अवार्ड बितरण गरिएको थियो । अवार्ड बितरणपछि बिजेताहरुले अझै यस छेत्रमा थप लगनशिल हुँदै अगाडी बढने बताए ।
सुजन म्युजिक प्रा.लि.की अध्यक्ष जमुना रानाका अनुसार भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको बताईन । ईन्डो नेपाल सुजन म्युजिक अवार्ड–२०२४’ यसबर्ष पनि भारतको नयाँ दिल्लीमा भब्य रुपमा आयोजना गरिएको थियो । सुजन म्युजिक प्रा.लि.को आयोजनामा नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसबर्ष पनि अवार्ड कार्यक्रम भएको हो । अवार्ड कार्यक्रमको लागि मनोनयन फारम खुल्ला गरेर सम्पुर्ण प्रक्रिया पूरा गरि भोटिङ गरेर धेरै भोट आएकालाई बिजयी घोषणा गरिएको थियो ।
सो अवार्ड कार्यक्रममा बिभिन्न ३३ विधामा अवार्ड बितरण गरिएको छ भने सांगीतिक क्षेत्रमा योगदान दिएका विभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिएको आयोजक कमिटीकी अध्यक्ष गायिका राना मगरले बताइन । यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाईनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो ।
अवार्डका बिधाहरूमा राष्ट्रिय भावको गीत ,सर्वोत्कृष्ट लोक दोहोरी गीत , सर्वोत्कृष्ट एकल लोकगीत गायकरगायिका, सर्वोत्कृष्ट मौलिक गीत गायकरगायिका , सर्वोत्कृष्ट गायकरगायिका ,सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायकरगायिकालगाएत गित संगितको क्षेत्रमा रहेका सर्वोत्कृष्ट कलाकारहरुको लागि राखिएको छ ।
माघ १३ गते भारतको नयादिल्लीमा रहेको प्यारेलाल भवनको आईटीओ मा ख्याति प्राप्त कलाकारहरुको बिचमा सांस्कृतिक कार्यक्रम सहित उक्त कार्यक्रम सम्पन्न भएको हो । संगीतप्रतिको योगदानलाई विभिन्न विधामा वर्गीकरण गरी पुरस्कृत गर्ने र यस क्षेत्रमा निरन्तर क्रियाशील वरिष्टतम गीत संगीतकर्मी श्रष्टा एवम् प्रस्तोताहरुलाई सम्मान गर्नका लागि नेपाली गीत संगीतकै इतिहासमा यो दोस्रो ईन्डो–नेपाल सूजन म्यूजिक अवार्ड–२०८१ को कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij