Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

राष्ट्रिय डेरी महोत्सव माघ २५ गतेदेखि गरिँदै

राष्ट्रिय डेरी महोत्सव माघ २५ गतेदेखि गरिँदै

  • काठमाडौँ । चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव यही माघ २५ गतेदेखि सञ्चालनगर्न लागिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र उद्योग सङ्घको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।

    images
    images
    images

    विदेशमा डेरीका परिकारहरुको महोत्सव हुने गरेको भए पनि नेपालमा पहिलो पटक महोत्सवका रुपमा दुध र दुग्धजन्य वस्तुको वजार प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष किशोर वगालेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुधको बजार राम्रो नभएको र भूक्तानी समयमा नआएको विषयलाई मध्यनजर गरेर महोत्सव आयोजना गरिएको हो । महोत्सवमा ७० व्यापारिक कक्ष (स्टल) रहनेछन् । त्यहाँ दुग्ध व्यवसायमा लगानी गर्ने सङ्घ–संस्था, डेरी सम्बन्धी उत्पादन, अन्तर्राष्ट्रिय स्तरका सङ्घ–संस्थाहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

    माघ २५ देखि २७ गतेसम्म हुने महोत्सव दुधको बजार प्रवर्वद्धन र व्यावसायिकीकरण गर्न सहयोगी बन्ने उहाँले बताउनुभयो । महोत्सवमा दुध र दुग्धजन्य उत्पादनको बजारीकरण कसरी गर्ने भन्ने विषयमा समूहगत छलफल हुनेछ । महोत्सव उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij