Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

    images
    images
    images

    नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिका समिति र टीका साहित्य समाजको सहकार्यमा माघ १७ गते आयोजित कार्यक्रममा बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्किएको थियो । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले नेपाल बहुधार्मिक तथा बहुसांस्कृतिक विविधता भएको राष्ट्र भएकाले विभिन्न जातीय समुदायका पर्वहरूको संरक्षण आवश्यक रहेको बताए ।

    उनले तामाङ समुदायको सोनाम ल्होछार महत्त्वपूर्ण चाड भएको उल्लेख गर्दै यसको निरन्तरता र प्रवर्द्धनका लागि प्रदेश सरकारको पूर्ण साथ रहने प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले पालिकामा रहेका विभिन्न समुदायका कला, संस्कृति र परम्पराहरूको संरक्षणका लागि निरन्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।

    सोनाम ल्होछार २८६१औं डुल (सा पुख्री) ल्हो माघ १७ गते परेको छ । खानीखोला गाउँपालिकाले यो चाडको महत्त्वलाई ध्यानमा राख्दै कार्यपालिका बैठकमार्फत माघ १६, १७ र १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । खानीखोला तामाङ घेदुङका अध्यक्ष नर बहादुर थिङका अनुसार हरेक वर्ष तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछार धुमधामसँग मनाइँदै आएको छ ।

    यस वर्षको कार्यक्रम थप व्यवस्थित र भव्य रूपमा सम्पन्न भएको र भविष्यमा पनि समुदायको एकता र पहिचान जोगाउन यस्ता गतिविधिहरूलाई निरन्तरता दिइने उनले बताए । कार्यक्रम खानीखोला गाउँपालिका वडा नं. ५, तालढुङ्गा बजारस्थित बस पार्क प्राङ्गणमा सम्पन्न भएको थियो ।

    कार्यक्रम सञ्चालन कवि तथा साहित्यकार टीका थिङले गरेका थिए । तामाङ समुदायको ऐतिहासिक एवं सांस्कृतिक पर्व सोनाम ल्होछार खानीखोलामा भव्य रूपमा सम्पन्न भएको छ । यसले समुदायको पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरू बताउँछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij