
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । शुक्लाफाँटा नगरपालिकाका चारवटा सामुदायिक विद्यालयका चार वटा विद्यालय भवन निर्माण थालिएको छ ।
सङ्घीय सरकारको रु दुई करोड २४ लाखको लागतमा निर्माण थालिएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीका अनुसार वडा नं ४ को पिपलाडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नं ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यमिक विद्यालय, वडा नं १ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नं ७ सिमलफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भवन निर्माणकार्य अगाडि बढाइएको छ ।
चारकोठे भवन निर्माणका लागि प्रतिभवन रु ५६ लाखका दरले बजेटको व्यवस्था गरिएको छ । निर्माण हुने भवन वातावरणमैत्री एवं अपाङ्गमैत्री हुने प्राविधिक सहायक जोशीले बताउनुभयो । नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय माध्यमिक विद्यालयमा भवन निर्माणको शिलान्यास गरी कार्यारम्भ गर्नुभएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij