
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिएको छ । गंगामा पवित्र स्नान गर्न हजारौँ मानिस जम्मा भएका बेला भागदौड मच्चिँदा धेरै जनाको मृत्यु भएको आशंका गरिएको छ ।
तर भारतीय सञ्चारमाध्यमहरूले मृत्युको संख्या फरक-फरक लेखिरहेका छन् । हिन्दुस्तान टाइम्सले भने कम्तीमा १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
घाटमा दर्जनौँ एम्बुलेन्स पठाइएका थिए । घाइतेहरूलाई उपचारका अस्पतालमा लगिएको थियो ।
घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij