Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता

आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता

  • काठमाडौं । आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गरेको हो ।

    images
    images
    images

    मंगलबार उनीविरुद्ध बयान र थुनछेक नभएपछि उनलाई शुक्रबार अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    आशिका सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी बुझाएर छुटेपछि पुनः पक्राउ परेकी थिइन् । उनीविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको थियो ।

    साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएकोमा तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij