Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ

स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ

  • काठमाडौं । प्रहरीले बाराबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगन्ज महानगरपालिका-१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओमप्रकाश यादव रहेका छन् ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

    जीतपुर सिमरा उपमहानगरपालिका-१६ पैनी टोलस्थित सडकमा पिकअप गाडी रोकेर तलासी लिँदा उनीहरूको साथबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने र त्यसले वित्तीय कारोबारको दायित्व पूरा नगर्ने भएकाले गैरकानुनी मानी प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij