
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । रवि लामिछानेले कास्की जिल्ला अदालतको आफूसँग ६५ लाख रूपैयाँ धरौटी मागेको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा दिएको पुनरावेदनको सुनुवाई आज हुँदैछ । रविले हिजो पुनरावेदन गरेका थिए ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले दिएको आदेशविरुद्धको सुनुवाई उच्च अदालतका न्यायाधीश मिलन कुमार राईको इजलासमा हुँदैछ । रविले पुनरावेदनमा जिल्ला अदालतको धरौटी माग्ने आदेश बदर गर्दै साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउनुपर्ने माग राखेका छन् ।
कास्कीबाहेक रविसँग जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले १ करोड धरौटी मागेका छन् । रविले काठमाडौं र रुपन्देहीको आदेशविरुद्ध पनि उच्च अदालत जाने तयारी गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij