Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

६ महिनामा नेपालले २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता

६ महिनामा नेपालले २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता

  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को ६ महिनामा नेपालले २५ अर्ब बढी वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ ।

    images
    images
    images

    उद्योग विभागका अनुसार, २०८१ पुस मसान्तसम्म २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । विभागका अनुसार पुस मसान्तसम्म ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट गरी कुल २५ अर्ब ७७ करोड ६४ लाख बराबर लगानी प्रतिबद्धता आएको छ ।

    यस अवधिमा कुल ३ सय ५४ उद्योग दर्ता भएका छन् । दर्ता उद्योगमध्ये अटोमेटिक रुटबाट मात्र १ सय ५४ दर्ता भएको देखिएको छ । यो रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

    यससँगै नेपालमा हालसम्म नेपालमा कुल वैदेशिक लगानीका लागि प्रस्तावित रकम ५ खर्ब ३७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । स्वीकृत लगानीका लागि ६ हजार ७ सय ५३ उद्योग दर्ता भएको विभागले जनाएको छ । जसमध्ये साना उद्योग सङ्ख्या ३ सय ४५ छ ।

    मझौला उद्योग सङ्ख्या ५ र ठुला उद्योग ४ रहेको विभागको तथ्याङ्क छ । यसरी आएको लगानी प्रतिबद्धतामध्ये पनि पर्यटनमा ठुलो हिस्सा छ । पर्यटनमा कुल १ सय ५७ उद्योग दर्ता भएका छन् । यो कुल सङ्ख्याको ४४ प्रतिशत भएको विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij