Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

‘नो केबलकार समूह’ का प्रदीप मादेन पक्राउ

‘नो केबलकार समूह’ का प्रदीप मादेन पक्राउ

  • काठमाडौं । पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरेको ‘नो केबलकार समूह’ का अगुवा मध्येका एक प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट उनलाई पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले बताए ।

    images
    images
    images

    गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    ‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘उहाँले प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्क्याउनु भएको थियो र १२ गतेको हुलहुज्जतको नेतृत्व पनि उहाँलेनै गर्नु भएको थियो ।’ मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन् ।

    पाथीभरा केबलकार खारेजी, पक्राउ परेका कार्यकर्ता रिहा लगायतको माग राख्तै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाले मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चित यातायात बन्दको आव्हान गरेका छन् ।

    मेची राजमार्गमा पाँचथर, इलामदेखि झापाको चारआली तथा तमोर करिडोरमा पाँचथर, धनकुटाको मूलघाटसम्म पर्छ । यो सडक भेडेटार हुँदै धरान जोडिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij