Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक

सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक

  • काठमाडौं । सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको नेपालमा सार्वजनिक गरेको छ । राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच आयन सार्वजनिक गरिएको छ । 

    images
    images
    images

    चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाण कुमार चौधरीले गरेको सार्वजनिक गरेका थिए । कार्यक्रममा आयनका प्रमुख पदाधिकारीहरूको पनि विशेष उपस्थिति रहेको थियो, जसमा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो । 

    कार्यक्रमका मुख्य वक्ता  ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त  सफलताको बारेमा चर्चा गरे । आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको छ । उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ ।  

    आयन भीको मूल्य इलाइट भर्जनको ६४ लाख ९९ हजार राखेको छ भने लक्जरी भर्जनको रु ६९ लाख ९९ हजार राखेको छ । आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij