
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका हुन् ।
उनलाई आइतबार दिउँसो साढे ४ बजेतिर पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij