Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

रविविरुद्ध मुद्दा दर्ता गर्न फाइल तयार !

रविविरुद्ध मुद्दा दर्ता गर्न फाइल तयार !

  • काठमाडौं । आइतबार मात्र सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि सहकारी ठगी अभियोगमै मुद्दा दर्ताका लागि फाइल तयार भएको छ । 

    images
    images
    images

    जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले सहारा चितवन सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले रविसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन आफूहरूलाई बुझाइसकेको जानकारी दिए । क्यालेन्डरअनुसार माघ १६ गते सहिद दिवस, १७ गते सोनाम ल्होसारको बिदा तथा १९ गते शनिबार परेको छ । 

    अनुसन्धान प्रतिवेदनमा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।

    बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउनुपर्ने प्रहरीको राय छ । यस्तै सहकारीबाट त्यसभन्दा बढी रकम जीबी राईसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ६ वटा कम्पनीमा गएको निष्कर्ष प्रहरीले निकालेको छ ।

    ती कम्पनीमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको प्रहरीको अनुसन्धानमा उल्लेख गरिएको छ । जसमध्ये गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ गएको छ ।

    जीबी ग्रुपअफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्समा ९ करोड ७३ लाख र बाँकी रकम स्प्रिङ उड रियलस्टेट एन्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीका नाममा गएको पाइएको छ ।

    यसमध्ये कसलाई कति बिगो कायम गर्ने भन्ने जिल्ला सरकारी वकिल कार्यालयले अन्तिम टुंगो लगाउने छ । उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीको राय छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij