
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्नेछ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका छन् ।
रिहा गरिने बन्धकहरु मध्ये एक नागरिक अर्बेल येहुद पनि हुन् । नागरिकको रिहाइ नभएका कारण इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन ।
हमासले शनिबार चार जना बन्धकहरूलाई रिहा गरेको थियो तर त्यतिबेला अर्बेल येहुदलाई रिहा गरेन ।
इजरायलले हमासमाथि युद्धविराम सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो । सम्झौता अनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नु पर्ने थियो ।
गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि हमासले सात बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij