Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

अछाममा दुई किशोरीको मृत्यु प्रकरण

अछाममा दुई किशोरीको मृत्यु प्रकरण

  • काठमाडौं । अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन् ।

    images
    images
    images

    आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले यो ‘रहस्यमय’ घटनाबारे आधिकारिक रूपमा बोल्न मानेका छैनन् ।

    उनले अनुसन्धान भन्दै तीन दिन बितिसक्दासमेत घटनाबारे आधिकारिक रूपमा जानकारी दिएका छैनन्। जिल्ला प्रहरी कार्यालय अछामले घटनाको विवरण अहिलेसम्म बाहिर ल्याएको छैन । ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका थिए ।

    टाउको र शरीरभरि चोट लागेको अवस्थामा दुबैको शव २० मिटर आसपास फेला परेको थियो । उनीहरू शुक्रबारै बाख्रा चराउन भनी जंगल गएका थिए । पक्राउ परेका दुबैको १८ वर्षभन्दा मुनिका रहेकाले पहिचान खुलाइएको छैन । किशोरीसँगै उनीहरू गोठालो गएको प्रहरी स्रोतले बतायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij