Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुनसहित एयरपोर्टबाट एक जना पक्राउ

सुनसहित एयरपोर्टबाट एक जना पक्राउ

  • काठमाडौं । विमानस्थलबाट सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २४ ग्राम ९ सय ९० मिलिग्राम सुन जस्तो देखिने धातुको सिक्री १ थान, ल्यापटप ३ थान र मोबाइल २ थानसहित बाग्लुङ निसीखोला गाउँपालिका-९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

    बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुको सिक्री, ल्यापटप र मोबाइल सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij