
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले घण्टाघरमा रहेको शाखा कार्यालय काठमाडौँको प्रदर्शनीमार्गमा सरेको छ ।
बैङ्कले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडाभित्र प्रदर्शनी मार्गमा आज आइतबार का दिनदेखि स्थानान्तरण गरेको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।
उक्त शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैङ्किङ सेवा तथा सुविधाहरू दिने पाण्डेको विश्वास छ । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैङ्किङ सेवाहरू सुरू भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij