
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । चितवन जिल्ला अदालत बार एशोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकी छन् । चितवन बारको सदस्यहरूमध्ये पनि पहिलो महिला सदस्य बनेकी फूलमाया रानाभाट यस पटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।
शनिबार सम्पन्न अधिवेशनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी नुनराज सिलवाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । उनले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गरिन् । रानाभाट लोकतन्त्रवादी कानुन व्यवसायी सङ्घबाट निर्वाचित भइन् ।
उपाध्यक्षमा सीताराम अधिकारी विजयी भए । उनले ९१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरे । सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत प्राप्त गर्नुभयो । सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन भएका छन् ।
कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भएका छन् । तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित भइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij