
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म चलेको प्रथम राष्ट्रिय भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समिति उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा निशान्त, सपराज राइ, सचिवमा योजेन्द्र वाग्ले, सहसचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल छन् भने कोषाध्यक्षमा टंकप्रसाद चयन भएका छन् । संस्थाको कार्यसमिति सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे आशिष, जीवनकुमारी राई, सुशिलप्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका संयोजक रामचन्द्र लामिछानेले जानकारी दिए ।
कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता विकास गर्ने, हकहितको संरक्षण गर्ने तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउने उद्देश्यले संस्था स्थापना गरिएको बताइएको छ । अध्यक्षमा चयन भएपछि पाण्डेले सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए ।
आफ्नो ध्यान सबैको अपनत्व हुने संघको विकास गर्ने प्रतिवद्धता जनाउँदै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए । कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा दुई सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द्र छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij