Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भिरबाट लडेर महिलाको मृत्यु

भिरबाट लडेर महिलाको मृत्यु

  • काठमाडौं । भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-२ निवासी मोहन चलाउनेकी श्रीमती २६ वर्षीया जानकी चलाउनेको आइतबार बिहान भिरबाट लडेर मृत्यु भएको हो ।

    images
    images
    images

    घर नजिकैको जंगलमा गाईबाख्राको गोठालो गएको बेला घाँस काटने क्रममा उनी कालाभिरबाट लडेकी थिइन् । भिरबाट लडेकी चलाउनेको टाउकोमा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

    उनका अनुसार भिरबाट लडेकी चलाउने दुई सय मिटर तल खसेकी थिइन् । मृत्यु भएकी चलाउनेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने उनको प्रहरीले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij