
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार सुरक्षाकर्मी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा कम्तीमा १८ जना घाइते भएका छन् ।
झडपमा परी १३ जना प्रहरी र पाँच आन्दोलनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले जनाएको छ । झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मङ्गल लावती घाइते भएका छन् ।
एक आन्दोलनकारीको भने परिचय खुलाइएको छैन । लिम्बू, सगुन र पालुङ्वा गरी तीनजना आन्दोलनकारीको अवस्था गम्भीर रहेको बताइएको छ । गभ्भीर घाइते भएकालाई उपचारका लागि विराटनगर लगिएको छ । प्रहरीतर्फ भने प्रहरी निरीक्षक इन्सपेक्टर देखि जवानसम्म घाइते भएको जनाइएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । तीनजना आन्दोलनकारीलाई गोली लागेको बताइएको छ ।
हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केबलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । आइतबार अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij