
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । भारतको महाराष्ट्र राज्यको भण्डारामा रहेको सेनाको हतियार कारखानामा विस्फोट भएको छ । घटनामा अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विस्फोटका कारण कारखानाको छाना खसेको र त्यसमा १३ देखि १४ जना फसेको आशंका गरिएको भण्डाराका कलेक्टर सञ्जय कोल्टेले जानकारी दिए ।
अहिले उद्धार कार्य जारी छ ।
विस्फोट यति शक्तिशाली थियो कि यसको आवाज ५ किलोमिटर टाढासम्म सुनिएको थियो । विस्फोटपछि फलाम र ढुङ्गाका टुक्राहरू टाढा टाढा छरिएका देखिएको थियो ।
यो विस्फोट जवाहरनगरस्थित आयुध कारखानाको आरकेआर शाखा खण्डमा भएको हो । मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । विस्फोट भएको भवन पूर्ण रुपमा ध्वस्त भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij