Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

काठमाडौंबाट जुवातास खेल्ने २४ जना पक्राउ

काठमाडौंबाट जुवातास खेल्ने २४ जना पक्राउ

  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-९ स्थित सेतोपुल नजिकै रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई काठमाडौं सिनामंगल बस्ने २९ वर्षीय लोक बहादुर चोहान समेत १४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ७ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

    यसैगरी बुढानिलकण्ठ नगरपालिका-२ स्थित पञ्चकन्या सामुदायिक वनको चौरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा ओखलढुङ्गा धर भई काठमाडौं सुन्दरीजल बस्ने २६ वर्षीय लाल काजी सेन्चुरी समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार ७ सय ४५ रूपैयाँ र ओखर १५ थान सहित पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij