
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको बिदाइ गरिएको छ ।
देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई बिदाइ गरिएको हो । कार्यक्रममा उनले आफ्नो १० दिनको कथावाचन पूरा गरी भक्तजनहरूसँग विदा लिएकी हुन् । महोत्सवभरी उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै हजारौं भक्तजनको मन जितेकी थिइन् ।
विदाई समारोहका क्रममा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मंचमा स्वागत गरिएको छ । उनले ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाएकी हुन् । सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्नसक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै स्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् ।
आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij