Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

महाराष्ट्रमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, चारजना नेपालीको सनाखत

महाराष्ट्रमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, चारजना नेपालीको सनाखत

  • काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा १३ जनाको मृत्यु भएको हो । 

    मृतकमध्ये चारजना नेपाली रहेको खुलेको छ । दुर्घटनामा मृत्यु हुने नेपालीमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेका छन् । उनीहरूको नेपालको ठेगाना भने खुल्न बाँकी छ । 

    बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफबाह फैलिँदा यात्रुहरूले ट्रेनबाट हाम फालेका थिए । यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए ।

    पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij