Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

अब साना बालबच्चाले क्यूएफएक्सका हलमा प्रवेश नपाउने

अब साना बालबच्चाले क्यूएफएक्सका हलमा प्रवेश नपाउने

  • काठमाडौं । क्यूएफएक्स चेनका हलमा २.५ फिटभन्दा साना बालबच्चाले प्रवेश नपाउने भएका छन् । बुधबार एक सूचना जारी गर्दै यो मल्टिप्लेक्स चेनले यस्तो निर्णय गरेको हो ।

    हलमा तोकिएको उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘२.५ फिटभन्दा मुनिको बालबालिकालाई सिनेमा घर भित्र प्रवेश निषेध गरिएको छ ।’

    साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको क्यूएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिको भनाइ छ ।

    उनले हलभित्र हावाको समस्या हुने, अँध्यारो वातावरणले साना बालबच्चालाई असर पर्ने भएकाले प्रवेशमा रोक्ने निर्णय गरेको बताए । काखे बच्चालाई हलभित्र लैजाँदा अन्य दर्शकबाट मनोरञ्जनको वातावरण नभएको गुनासो पनि आएको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij