
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाटपले २५ औँ वार्षिक उत्सव मनाएको छ । कम्पनीले शनिबार आफ्नो २५ औँ वार्षिकोत्सव ललितपुरमा एक कार्यक्रम गरेर मनाएको हो । वार्षिक उत्सवको कार्यक्रममा कम्पनीले आफ्ना वितरक र डिलरहरूलाई सम्मानसमेत गरेको थियो ।
वार्षिक उत्सव कार्यक्रको प्रमुख अतिथिको नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवाल थिए । अग्रवालले नेपाटपले २५ औँ वर्ष पुरा गरेकोमा बधाई तथा शुभकामना पनि दिएका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष दिपक श्रेष्ठले नेपापटले २५ औँ वार्षिकोत्सव मनाउन सफल भएको खुसी व्यक्ति गरेका थिए ।
विगतमा दुई साथी मिलेर ट्यांकी बनाउँदाको दिनदेखि २५ वर्षसम्म पुगेको इतिहास पनि श्रेष्ठले स्मरण गरेका थिए । अध्यक्ष श्रेष्ठले नेपाटप उत्कृष्ट प्रोडक्टहरु उत्पादन गरेकाले गर्दा आजको दिनमा यो स्थानसम्म आउन सकेको बताएका थिए ।
आफ्नो यात्रामा साथ दिने सबैलाई श्रेष्ठले कम्पनीको तर्फबाट धन्यवाद समेत दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij