Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सीजी डिजिटलको एकैपटक ५ नयाँ शोरूम उद्घाटन

सीजी डिजिटलको एकैपटक ५ नयाँ शोरूम उद्घाटन

  • काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौंको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।

    जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै – एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सेइ, ब्ल्याक ंडेकर, क्रमस्टन, नोथिङ र एप्पल आइफोन लगायतका उत्पादनहरू उपलब्ध छन् ।

    आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम सञ्चालन गरिएको छ ।

    दक्ष र अनुभवी सेल्सपर्सनबाट यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सकिनेछ । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ ।

    नयाँ शाखाहरूमा फ्रि कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सकिनेछ ।

    यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको सङ्ख्या २७ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij