Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भरुवा बन्दुक, गोलीसहित पाँचजना पक्राउ

भरुवा बन्दुक, गोलीसहित पाँचजना पक्राउ

  • काठमाडौं । भरुवा बन्दुकसहित पाँचजना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका १९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरुवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान,  बारुद र खुकुरी १ थानसहित इटहरी उपमहानगरपालिका १३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा ४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij