Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहित ३९ जनासँग बयान सुरू

न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहित ३९ जनासँग बयान सुरू

  • काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ ।

    images
    images
    images

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपा सभापति लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जननासँग बयान सुरू भएको हो ।

    उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खानलसमेतका जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ ।

    सो प्रकरणमा काठमाडौं प्रहरी परिसरले लामिछानेसहित ३९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने आफैँ अदालतमा उपस्थित हुनेगरी छुटेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij