
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । बिहीबार पनि सुनको मूल्य ८०० रुपैयाँले नै बढेको थियो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।
आज चाँदी तोलामा १ हजार ८४५ रुपैयाँले कारोबार भइरहेको महासङ्ले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij