
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा साढे पाँच हजार भन्दा धेरै फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार यो अवधिमा देशभरबाट ५ हजार ८ सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न कसुरमा अदालतबाट फैसला भई सजाय तोकिएपनि फरार रहेका ५ हजार ८ सय ४६ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
उनका अनुसार ती प्रतिवादीहरूका लागि अदालतले कुल एक हजार नौ सय ६८ वर्ष ९ महिना ८ दिन कैद सजाय तोकेको थियो । त्यस्तै, उनीहरूबाट कुल ४३ करोड ५ लाख ४२ हजार ५४ रुपैयाँ जरिवाना असुल उपर गर्न अदालतको आदेश थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij