
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । काठमाडौंसहित देशका केही स्थानको तापक्रम घटेको छ । तीन दिनयता काठमाडौंको न्यूनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाको विवरणमा उल्लेख छ ।
यो वर्षको हिउँदयाम सुरु भएयता तापक्रम केही घट्ने र बढ्ने भइरहेको छ । बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । सोही समयमा बुधबार हिजो काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो ।
मंगलबार अस्ति काठमाडौंको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस मापन गरिएको थियो । काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij