
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । तुलसीपुरमा बसको ठक्करबाट एकजना महिनाको ज्यान गएको छ । लु.प्र. ०२००१ ख ४४ नम्वरको बसको ठक्करबाट तुलसीपुर ५ कि ३९ वर्षीया महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
इप्रका तुलसीपुरका प्रवक्ता इन्सपेक्टर विनोद खत्रीका अनुसार नयाँ बसपार्कको गेटबाट भित्र जान लागेको बसले पैदल यात्री महिलालाई ठक्कर दिएको थियो ।
उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगे पश्चात् चिकित्सकले मृत घोषणा गरेका हुन् । बस चर्चित टिकटकर तीखे बैरागीको हो । बस चालक खिमराज वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij