
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सडक विभागअन्तर्गत सडक डिभिजन हेटौंडामा कार्यरत सब-इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै उनलाई सेवाबाट बर्खास्त गरिएको जनाएको हो ।
नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्र अनकिंत प्रथम श्रेणी (प्राविधिक) तर्फका सब इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा हटाइएको विभागले जनाएको छ ।
‘सब-इन्जिनियर पवन भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुर र सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ । उनलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको विभागले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij