Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भेरी नदीको किनारामा एक पुरुषको शव फेला

भेरी नदीको किनारामा एक पुरुषको शव फेला

  • काठमाडौँ । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर-१३ मा एक पुरुषको शव फेला परेको छ । बुधबार बिहान भेरी नदीको किनारामा भल्मा क्षेत्रनजिकै मृत अवस्थामा एक पुरुष फेला परेको रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी गराएका दिए ।

    images
    images
    images

    मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन । घटनाको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको छ । प्रारम्भिक अनुसन्धान जारी रहेको र मृतकको पहिचान तथा घटनाको कारण खुल्न केही समय लाग्ने रुकुम प्रहरी निरीक्षकको भनाइ छ ।

    घटनाबारे अनुसन्धान भइरहेको बताउँदै थप विवरण आउन बाँकी रहेको जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij