
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । बुधबार झिनो अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । यी कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको हो ।
नेप्सेका अनुसार आज समृद्धि फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०८ रूपैयाँ पुगेको छ । यसका साथै आज सिन्धु विकास बैंकको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । यस बैंकको शेयर मूल्य बढेर प्रतिकित्ता १०४९ र”पैयाँ पुगेको छ ।
बुधबारको कारोबारमा चिरख्वा हाइड्रोपावरको शेयर मूल्य ९.८३ प्रतिशतले बढेर प्रतिकित्ता ८३९ रुपैयाँ पुग्दा सप्तकोशी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ९.७० प्रतिशतले बढेर प्रतिकित्ता १२६७ रुपैयाँ पुगेको छ । आज न्यादी हाइड्रोपावरको शेयर मूल्य पनि ९.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६४१ रुपैयाँ पुगेको छ ।
आज नेप्से ६.५३ अंकले बढेर २ हजार ६ सय ५३ दशमलब ३८ विन्दुमा बन्द भएको छ भने ६ अर्ब ४० करोड ७९ लाख रूपैयाँको कारोबार भएको छ ।
यस कम्पनीको आज २२ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij