Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

अभिनेत्री ढिल्लोंको घरमा चोरी

अभिनेत्री ढिल्लोंको घरमा चोरी

  • काठमाडौँ । बलिउड अभिनेत्री पूनम ढिल्लोंको घरमा चोरी भएको छ । चोरीमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीका अनुसार अभिनेत्री ढिल्लोंको घरमा चोरीको आरोपमा समीर अन्सारी पक्राउ परेका हुन् । मुम्बईको खारस्थित घरमा चोरी भएको बताइएको छ । ढिल्लोंको घरबाट एक लखा रुपैयाँको नेकलेस र नगद ३५ हजार रुपैयाँका साथै केही अमेरिकी डलर चोरी भएको थियो ।

    पक्राउ परेका अन्सारी सोही घरमा २८ डिसेम्बरदेखि ५ जनवरीसम्म पेन्टिङको काममा संलग्न रहेको प्रहरीले जनाएको छ । सोही क्रममा अन्सारीले चोरी गरेको बताइएको छ । पूनम ढिल्लों प्रायः जुहूस्थित घरमा बस्छिन्। खारमा रहेको घरमा भने उनको छोरा अनमोल बस्दै आएका थिए ।

    बेलाबखत पूनम उक्त घरमा बस्ने गरेकी थिइन् । घरमा चोरी हुँदा अनमोल भने दुबईमा थिए । दुबईबाट फर्किएरपछि घरबाट केही सामान गायब भएको पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

    आरोपित अन्सारीले चोरी गरेको नगदबाट केही रकम खर्च गरेको पाइएको प्रहरीले जनाएको छ । पूनम ७० र ८० को दशकमा निकै चर्चित अभिनेत्री हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij