
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । दक्षिण भारतीय अभिनेता अजित कुमार दुबईमा दुर्घटनामा परेका छन् ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनलाई चोट भने लागेको छैन । यतिबेला सामाजिक सञ्जालमा उनको दुर्घटनाको भिडिओ भाइरल भइरहेको छ । भिडिओमा अजित कार चलाइरहेका छन् ।
उनी कार रेसमा सहभागी हुन दुबई पुगेका थिए। जसका लागि उनले ६ घण्टा लामो प्रशिक्षण लिइरहेका थिए । प्रशिक्षण सकिनुअघि उनको कार भित्तामा ठोक्कियो ।
अजित दुबईमा हुने २४ एच दुबई २०२५ रेसमा भाग लिँदैछन् । उनले आफ्नो टिमसँग प्रशिक्षण सुरू गरेका थिए ।
अजित रेस टिमको मालिक पनि हुन् । उनी आफ्नो साथी मैथ्यू डेट्री, फैबियन डफिक्स र क्यामरन मैकलियोडसँग ९९९ क्लासमा पनि सहभागी हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij