
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ कालापानी गाँउ बस्ने गणेश मालीको २ वर्ष ५ महिनाकी छोरी रिया मालीको डुबेर मृत्यु भएको हो। बालिका आफ्नो घर नजिकै सिँचाइका लागि बनाएको पोखरीमा डुबेर अचेत भएकी थिइन् ।
उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij