Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ट्र्याक्टर दुर्घटना हुँदा एक जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एक जना घाइते

  • काठमाडौं । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ट्र्याक्टरको ट्रलीले च्याप्दा अचेत अवस्थामा एक जनाको उद्धार गरी अस्पताल लगिएको छ । 

    images
    images
    images

    ट्र्याक्टरको ट्रलीमा सवार कम्पोष्ट मलका मालिक क्षेत्रबहादुर खत्रीको अचेत अवस्थामा उद्धार गरी अस्पतालतर्फ ल्याउँदै गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले सेतोपाटीलाई बताए । 

    ‘उहाँको अवस्था चिन्ताजनक छ,’ न्यौपानले भने, ‘तर, अस्पताल ल्याउँदै गरेको हुँदा बाँकी अवस्था चिकित्सकले भन्ने छन् ।’

    बुधबार बिहान साढे ८ बजेतिर छत्रेश्वरी गाउँपालिका–१ मयतीस्थित भित्री सडक खण्डमा भालुमारेदेखि कम्पोष्ट मल बोकेर मैयनीतर्फ जाँदै गरेको लु.प्र. ०२०० त ००१२ नम्बरको ट्र्याक्टर मोड्न टर्निङ नपुगेर दुर्घटना परेको भन्ने सूचना प्राप्त भएको डिएसपी न्यौपानेले बताए । 

    ट्र्याक्टरमा कुल चार जना सवार रहे पनि अगाडि बसेकाहरू कसैलाई पनि चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ । 

    ट्र्याक्टर चालक बागचौर नगरपालिका–९ का  ३५ वर्षीय सुरेश चन्द फरार छन् । उनको खोजी भइरहेको प्रहरीले डिएसपी न्यौपानले बताए । 

    सुन्तला बगैँचामा राख्ने कम्पोष्ट मल लगेर खत्री ट्र्याक्टरको ट्रली घोप्टिँदा खत्री त्यसमै च्यापिएका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij