Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

काठमाडौंको न्यूनतम तापक्रम केही घट्यो

काठमाडौंको न्यूनतम तापक्रम केही घट्यो

  • काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही घटेको छ।

    images
    images
    images

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन भएको छ।

    मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबारको तुलनामा काठमाडौंको आकाश केही खुला भएकाले न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ।

    बिहानको समयमा काठमाडौंमा सामान्य हुस्सु र कुहिरो लाग्ने तथा दिउँसो मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाको पूर्वानुमान छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij