
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपालगन्जबाट राजापुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो मधुवन नगरपालिका–२ हुलाकी राजमार्गस्थित गमक्का मोडमा से १३ प ४३०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना बर्दिया राजापुर नगरपालिका–६ महादेवबलीका २४ वर्षीय टोपेन्द्र बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए ।
उनका अनुसार मोटरसाइकलको पछाडि सवार सख्त घाइते बुढाको उपचारको क्रममा बर्दिया अस्पताल गुलरियामा मृत्यु भएको हो । यसैगरी दुर्घटनामा बाँके राप्ती सोनारी गाउँपालिका–१ का मोटरसाइकल चालक २४ वर्षीय छत्रबहादुर विष्ट गम्भीर घाइते भएको प्रहरी उपरीक्षक खनालले जनाए ।
उनको जिल्ला अस्पताल बर्दियामा उपचार असम्भव भएपछि बाँके रिफर गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij