Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेप्से सामान्य अङ्कलमा वृद्धि

नेप्से सामान्य अङ्कलमा वृद्धि

  • काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । ६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।

    images
    images
    images

    आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो । समग्रमा यो समूहको सूचक २.६५ प्रतिशतले बढेको छ । आज फाइनान्स समूहअन्तर्गत १४ कम्पनी फाइदामा गए, एउटाको मूल्य भने घटेको छ । आज कुल १२६ कम्पनीको मूल्य बढेको छ ।

    यसमध्ये सप्तकोशी विकास बैंक, नाग्दी जलविद्युत्, प्रभु महालक्ष्मी इन्स्योरेन्सको मूल्यमा सर्किट लाग्यो । सिन्धु विकास बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबार रकमका हिसाबले पनि आज सिन्धु विकास बैंक अग्रस्थानमा रह्यो । यसको आज १६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    मंगलबार कुल ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भयो ।१०७ कम्पनीको मूल्य घट्दा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्न पुग्यो ।    

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij