
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्म फोनपेले व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन- रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ ।
यस सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकताअनुसार नगद निकाल्ने अवसर दिन्छ । अब व्यापारीहरूले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् र यसका लागि कुनै अतिरिक्त शुल्क वा विलम्बको सामना गर्नु पर्दैन । फोनपेले यो सुविधा ल्याउनको उद्देश्य व्यापारीहरूको नगद प्रवाहमा पूर्ण नियन्त्रण दिनु भएको छ ।
जसले गर्दा उनीहरूको वित्तीय व्यवस्थापन अझ प्रभावकारी र सुविधाजनक हुने विश्वास फोनपेको छ । व्यापारीहरूले आपूर्तिकर्ताहरूलाई भुक्तानी गर्न, कर्मचारीहरूको तलब व्यवस्थापन गर्न र आकस्मिक खर्चहरूको सामना गर्न यो सुविधा प्रयोग गर्न सक्ने पनि बताएको छ । यो सुविधा फोनपे बिजनेस एपमा उपलब्ध रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij