काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक रीता पौडेलको राजीनामा स्वीकृत भएको छ।
उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजीनामा दिएकी हुन् । कम्पनी सञ्चालक समितिको पुस २२ गते बसेको बैठकको निर्णयले पौडेलको राजीनामा स्वीकृत गरेको हो ।