Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

अध्यक्ष घिमिरेविरुद्धको अदालतमा अवहेलना मुद्दा

अध्यक्ष घिमिरेविरुद्धको अदालतमा अवहेलना मुद्दा

  • काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ ।

    images
    images
    images

    सर्वोच्च अदालतका न्यायाधीशद्धय डा नहकुल सुवेदी र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द्र प्रसाद घिमिरेले टिप्पणी उठाएर दायर गरेको सो मुद्दामा यसअघि गत कात्तिक १ गते कारण देखाउ आदेश जारी भएको थियो ।

    कात्तिक १ गते सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसमा उक्त मुद्दाको प्रारम्भिक सुनुवाइ हुँदै कारण माग गरिएको थियो । न्याय परिषद् नियमावली सच्याउन माग गर्दै लामो समयदेखि बार आन्दोलनमा उत्रिएको छ । बारको आन्दोलनलाई बेवास्ता गर्दै निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालतका मुख्य न्यायाधीशद्धय नित्यानन्द पाण्डे र नृपध्वज निरौलालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका थिए ।

    आफूहरुको आन्दोलनलाई पन्छाएर न्याय परिषद्ले एकलौटी गरेको भन्दै बार अध्यक्ष घिमिरेले कडा टिप्पणी गरेका थिए । सेटिङमा न्यायाधीश नियुक्ति गरेको आरोप लगाएपछि सर्वोच्चको फुलकोट बैठकले घिमिरेविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij