
Apr 23 2025 | २०८२, वैशाख १० गते
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण आईसीटीले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनासहित ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
हसिनासहित उनका पूर्व रक्षा सल्लाहकार मेजर जनरल रिटायर्ड तारिक अहमद सिद्धिकी र पूर्व प्रहरी महानिरीक्षक बेनजिर अहमदलगायत ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ढाका ट्रिब्युनका अनुसार विगत १५ वर्षमा बगलादेशमा भएका जबर्जस्ती बेपत्ता र गैरन्यायिक हत्याको आरोपमा उक्त पक्राउ पुर्जी जारी गरिएको हो।
मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामको निवेदनमा न्यायाधीश मोहम्मद गुलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको न्यायाधिकरणले यस्तो आदेश दिएको हो । आईसीटीले पक्राउ परेकाहरुलाई फ्रेबुअरी १२ भित्र पेस गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
साथै, न्यायाधिकरणले अन्य मुद्दामा हाल थुनामा रहेका मेजर जनरल बरखास्त जियाउल अहसानलाई पनि पक्राउ गरी सोही मितिमा हाजिर गर्न आदेश दिएको छ। जबर्जस्ती बेपत्ता पारिएका पीडित र उनीहरूका परिवारहरू न्यायाधिकरणमा उपस्थित थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij